Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट


    बुधबार, जेष्ठ २५ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

    राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । 

    भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

    ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार