पोखरा।सरकारले बजेटको रातो किताब सार्वजनिक गरिसकेको छ । संघको बजेटमा गण्डकी प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको छ ।
गण्डकी प्रदेशलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणका विभिन्न शीर्षकमा १६ अर्व ५४ करोड रुपैयाँ मात्रै बजेट दिइएको छ। आगामी आर्थिक वर्ष २०७९र८० का लागि वित्तीय समानीकरण सात अर्व ९२ करोड, सशर्त अनुदान ६ अर्व ९१ करोड, विशेष अनुदान ८६ करोड, समपुरक अनुदान ८३ करोड रुपैयाँ पठाइएको छ ।
नौ अर्व ९५ करोड चालू र ६ अर्व ५८ करोड पुँजीगत गरी १६ अर्व ५४ करोड रुपैयाँ विनियोजन भएको हो । एक अर्व दुई करोड वित्तीय समानीकरणको बजेटबाट सुरु भएको गण्डकी सरकारको आगामी वर्षको बजेट करिव ३६ लाख हाराहारी पुग्ने देखिन्छ ।
चालू वर्षमा दोस्रो कम बजेट पाउने सुदूरपश्चिम प्रदेशले गण्डकीभन्दा एक अर्व बढी अर्थात् १७ अर्व ५५ करोड पाएको छ । विगतको निरन्तरतालाई भंग गर्दै अहिले बागमती प्रदेशले सबैभन्दा धेरै २० अर्व ३२ करोड बजेट पायो ।
गण्डकीलाई आर्थिक वर्ष २०७५र७६ मा १३ अर्व २७ करोड रुपैयाँ अनुदान संघले दिएको थियो । तत्कालीन समयमा दोस्रो कम बजेट पाएको सुदूरपश्चिमले १४ अर्व २५ करोड पाएको थियो । सबैभन्दा धेरै प्रदेश १ लाई १९ अर्व ८८ करोड बजेट थियो । त्यसबेला प्रदेश १ ले सशर्त अनुदान मात्रै १३ अर्वभन्दा बढी भित्र्याएको थियो । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६र०७७ मा झनै कम १२ अर्व ४६ करोड बजेट पाएको थियो । तत्कालीन समयमा सुदूरपश्चिम प्रदेशले १२ अर्व ५० करोड पाएको थियो । सबैभन्दा धेरै प्रदेश १ लाई १५ अर्व २० करोड बजेट दिइएको थियो ।
आर्थिक वर्ष २०७७र०७८ मा पनि गण्डकीलाई सबैभन्दा कम १३ अर्व ३५ करोड रुपैयाँ दिँदा दोस्रो कम भएको मधेस प्रदेशले १३ अर्व ४० करोड पाएको थियो । सबैभन्दा धेरै प्रदेश १ ले १५ अर्व ४० करोड बजेट पाएको थियो ।
२०७८र०७९ मा १३ अर्व दुई करोड गण्डकीले पाउँदा दोस्रो कम मधेस प्रदेशलाई १३ अर्व ९२ करोड दिइएको थियो । प्रदेश १ को सबैभन्दा धेरै १६ अर्व २९ करोड बजेट थियो । सुरुदेखि अहिलेसम्म गण्डकी प्रदेश सबैभन्दा कम बजेट पाउने प्रदेशको सूचीमा सधैं अगाडि छ ।
यसरी कम बजेट पाउने कारण के होला रु प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष डा। बालानन्द पौडेल भन्छन्, ‘मानव विकास सूचकांक राम्रो भएको प्रदेशले बजेट कम पाउँछन् । जहाँ अभाव र मानव विकास सूचकांक कम छ, त्यहाँ बजेट बढी जान्छ ।’ तर उनले भनेझैं मानव विकास सूचकांकमा निकै कमजोर रहेका कर्णाली र सुदूरपश्चिम प्रदेश समेत कम बजेट पाउनेमध्येका हुन् ।
मानव विकास सूचकांक राम्रो मानिएको प्रदेश १ मा सधैं सबैभन्दा धेरै बजेट जान्छ । त्यसो भए नेताको प्रभावका बजेट विनियोजन हुन्छ त रु पौडेलले अगाडि भने, ‘समग्रमा हेर्ने भनेको विकास र सूचकांक नै हो । कहिलेकाहीँ नेताहरूको प्रभावमा पनि तलमाथि हुन सक्छ । तर त्यसो हुनु दुर्भाग्य हो ।’
मानव विकास सूचकांक राम्रो बनाएका प्रदेशमा भने अब थप बजेट दिने गरी आयोगले काम गरिरहेको उनले बताए । ‘सरकार बनेपछि मानव विकास सूचकांक सुधारेका प्रदेशलाई विशेष अनुदानको रूपमा बजेट उपलब्ध गराउने तयारी छ । अहिलेसम्म ५ प्रतिशतसम्म यो शीर्षकमा बजेट बढाएर पठाएका छौं । अव यसलाई १५ प्रतिशतसम्म पुर्याउने सोच छ,’ उनले अघि भने, ‘नत्र प्रदेशबीच प्रतिस्पर्धा नै नहुने भयो । सबै गरिव भएर बस्दा बढी बजेट पाउने भएपछि किन धनी हुने चाहना राख्छन् रु हाम्रो बजेट विनियोजनको आधार फेर्नुपर्छ ।’ उनले सशर्त अनुदान शीर्षकमा काठमाडौंबाट बजेट बढी पठाउनु चिन्ताजनक भएको भन्दै समानीकरणमा जोड दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend