कृष्णसिंह धामी
काठमाडौ । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको सिफारिस गरेको हो । घनश्यामले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण अध्यक्ष केपी ओली भएको बताएका थिए । सोही आधारमा उनले राजनीनामा दिनुपर्ने उनको माग थियो ।
घनश्यामले अध्यक्ष ओलीको राजीनामा माग गरेपछि ओलीले अनुशासन आयोगमार्फत उनलाई कारवाही गर्न निर्देशन दिएका थिए । सोही आधारमा केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले उनलाई कारवाही सिफारिस गरेको हो ।
अब बस्ने सचिवालय बैठकले उनीमाथिको कारवाहीको विषयमा निर्णय गर्नेछ । १९ सदस्यीय सचिवालयको बहुमत सदस्यले उनीमाथिको कारवाही सदर गर्नुपर्ने हुन्छ ।
आफुविरुद्ध अभिव्यक्ति दिएकोमा आक्रोशित बनेका अध्यक्ष ओलीले आजभन्दा ११ वर्षअघिको अभिव्यक्ति स्मरण गर्न सकिन्छ । त्यो बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गरेका थिए । तत्कालिन वरिष्ठ नेता समेत रहेका ओलीले सार्वजनिक अभिव्यक्ति मार्फत नै खनालको राजीनामा माग गरेका थिए ।
‘असफल भइसकेको यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन् । त्यसकारण यस सरकारलाई धन्यवादसहित तिन महिना खेर फालेता पनि, तिन महिना सरकार नामको चिज/चिडिया यस हाँगामा बस्यो, जे रस खाए खायो, नखाए नखायो, धन्यवाद छ अब कुर्सी खाली गर,’ ओलीले भनेका थिए ।
ओली यत्तिकैमा रोकिएनन् । उनले भनेका थिए, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैंले हिजो लगाएको रड आफैंले हिजो बजाएको सारंगी, आफैंले हिजो बजाएको एकतारे सम्झ । राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर ।’
देशलाई एउटा व्यक्ति हेरेर देशलाई जहाँ सुकै जाओस् भन्न नसकिने उनको भनाई थियो । उनले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए ।
‘राष्ट्रिय सहमति निर्माण गर्नै पर्दछ । एमाले, माओवादी, कांग्रेस, मधेशवादी दलहरू सरकारमा सामेल हुनसक्नेस्थिति निर्माण गर्नुपर्दछ ,’ ओलीको भनाई थियो ।
आजभन्दा ११ वर्ष अघि आफ्नै पार्टीको सरकारविरुद्ध लागेका ओलीले अहिले भने आफुविरुद्ध बोल्ने घनश्याममाथि कडा कदम चाल्न लागेका छन् ।
ओली, पार्टी र चुनावबारे घनश्यामले के भनेका थिए ?
एक टेलिभिजनमा बोल्दै घनश्यामले नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए । नेतृत्वले अझ बर्बाद पार्न खोजेको तर, जनताले इतिहासको मूल्यांकन गरिसकेको बताए थिए ।
‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ,’ घनश्यामले भनेका थिए ।
उनले चितवनको सौराहमा सम्पन्न १० औं महाधिवेशनलाई सौराह काण्डको संज्ञा दिएका थिए । ‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड प्रसेन्ट (शतप्रतिशत) देखिएको छ ,’ उनले भनेका थिए ।
यहि तरिका हो भने आफुहरू भिरको नजिक नजिक रहेको उनले जनाएका थिए । घनश्यामको उक्त अभिव्यक्तिपछि अनुशासन आयोगले कारवाही सिफारिस गरेको हो ।
कारवाही सिफारिस गरिएपछि पार्टीभित्र नै विरोध सुरू भइसकेको छ । एमाले सचिव योगेश भट्टराईले आवेग र उत्तेजनाले कसैलाई पनि सहि ठाउँमा नपुर्याउने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भुसालमाथि कारवाहीको विषयमा आफ्नो धारणा व्यक्त गर्दै उनले सबै संयम हुनुपर्नेमा जोड दिएका छन् । यता भुसालले पार्टीभित्रका सम्पूर्ण गलत कामको छानविन गरिनुपर्ने माग राखेका छन् । पार्टी विगार्ने काम अध्यक्ष ओलीले गरेको भन्दै उनीमाथि छानविन हुनुपर्ने माग उनकाे छ आफ्नो अडानबाट पछि नहट्ने भन्दै एमाले पार्टी बचाउन आफु गलतकाविरुद्ध बोल्ने बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend