काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेपछि सामाजिक संजालमा बिरोध भएको छ । अध्यक्ष केपी शर्मा ओलीको पार्टी संचालन शैलीको बिरोध गर्ने नेता भूसाललाई आयोगले कारबाही सिफारिस गरेको छ ।
भूसालले एक टेलिभिजन अन्तर्वार्तामा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको बिरोध गरेका थिए । स्थानीय निर्वाचनको प्रारम्भिक परिणाम आउँदै गर्दा एमाले पराजित हुनुको कारण समीक्षा गर्ने क्रममा वाम एकतामा जोड दिएका थिए । उनले ओलीले पार्टीको अध्यक्षबाट राजीनामा दिएर वाम एकता गर्नुपर्ने बताएका थिए । एकता नभए नेपालमा कम्युनिष्टहरुको सत्यनाश हुने ठोकुवा गरेपछि रुष्ट भएका ओलीले अनुशासन आयोगमार्फत् उनलाई कारबाहीको डन्डा बर्षाउन सुरु गरेका छन् । एमालेको सौराहा महाधिवेशनमा देखिएको प्रवृत्तिदेखि संविधानबिपरीत संसद बिघटन हुँदा दीपावली गरेकोमा समेत बिरोध गरेका थिए ।
भूसाललाई अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि एमालेका सचिव योगेश भट्टराईले अप्ठ्यारो बेलामा सबैले सम्हालिनुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्–‘अप्ठ्यारो बेलामा सबैले सम्हालिनुपर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध ।’
भूसालमाथि कारबाहीबारे भट्टराईबाहेकका एमालेका अरु शीर्षनेताले भने सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् ।
पार्टीकै केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पोखराका वडामा एमालेलाई मत दिने, मेयरमा नदिनेहरुमाथि पनि कारबाही गर्न चुनौती दिएकी छन् । उनले सामाजिक संजालमा भुसाललाई कारबाही गरिएकोमा बिरोध गर्दैै लेखेकी छन्–अब पोखराका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा नहाल्ने , भरतपुरका वडामा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने, काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरु सबैलाई स्पष्टीकरण सोधौँ । ती सबै भोटरहरु (एमाले समर्थक) पनि ओलीको आलोचक न परे ।’
तिमल्सिनाले पोखरामा चुनाव हराउने राजीव पहारीदेखि अन्य केन्द्रीय पदाधिकारीतिर पनि कारबाही गर्न चुनौती दिएको प्रष्ट बुझ्न सकिन्छ । काठमाडौं, पोखरा र भरतपुरमा एमालेले खटाएका केन्द्रीय पदाधिकारीमाथि पनि स्पष्टीकरण सोधिनुपर्ने आसय उनको देखिन्छ ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend