Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको भन्दै लोसपा बैठकमा छलफल


    शनिबार, जेष्ठ २१ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको बन्दै छलफल सुरु भएको छ ।

    लोसपाका अध्यक्ष महन्थ ठाकुरले राज्यशक्तिको दुरुपयोग भएकाले आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । राज्यशक्तिको दुरुपयोगकै कारण आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको विश्लेषण थियो ।

    पहिलो दिनको बैठकमा अध्यक्ष ठाकुरले संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा नेताहरूको धारणा मागेका छन् । बैठक आइतबार पनि जारी रहने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार