बैतडी।बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ ।
१० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने २ भोट नेकपा माओवादी केन्द्रसँग छ । एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ ।
स्वतन्त्रबाट डिलाशैनी गाउँपालिकामा अध्यक्ष बनेका सन्तोष प्रकाश जोशी भने यसअघि नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्यका साथै राष्ट्रिय युवा संघका प्रदेश कमिटी अध्यक्षसमेत थिए । पार्टीबाट राजीनामा दिएर चुनाव लडेका उनले अहिले एमालेलाई सहयोग गर्ने वा नगर्ने विषयमा मुख खोलेका छैनन् । तर, कार्यपालिकामा भने कांग्रेससँग मिलेर बनाएका छन् ।
यसरी कांग्रेस माओवादीको गठबन्धनले नै जिल्ला समन्वय समिति बनाउने देखिन्छ । गठबन्धनलाई स्वतन्त्रबाट जितेका अध्यक्षले साथ दिएमा एक सदस्य स्वतन्त्रलाई दिने गठबन्धन दलहरूको सहमति छ ।
गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्रसिंह धामीलाई समन्वय समिति प्रमुख र माओवादीका दमन कुवरलाई उपप्रमुखका लागिअघि सारिएको छ ।
नेकपा एमालेले समेत मोहन थापालाई प्रमुख पदमा अघि सार्ने तयारी गरेको छ । तर, गठबन्धनसँग ११ मत रहेकोमा कुनै आश्चर्य नभएमा समन्वय समितिका लागि प्रष्ट बहुमत देखिन्छ ।
यता एमालेले २मत मात्रै रहेको माओवादीलाई प्रमुख पद दिएर पनि गठबन्धन गर्न सक्ने कुरा सुनिन्छ तर उक्त कसरतमा एमाले कत्तिको सफल हुन्छ त्यो समयले बत्ताउँछ । गठबन्धनले भने, ४ सदस्य काग्रेस, २ माओवादी र १ स्वतन्त्रलाई दिने जनाएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend