Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाँगुनारायणले नगरबासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने


    बिहिबार, जेष्ठ १९ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।

    नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो। 

    नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको जानकारी दिँदै नगर प्रमुख खत्रीले रक्तदातालाई प्रोत्साहन गर्न नगरपालिकाले रक्तदातालाई दिँदै आएको रु ५० लाई वृद्धि गरी १०० रुपैयाँ दिने निर्णयसमेत गरेको जानकारी दिए।

    त्यस्तै, नगरपालिकामा राजश्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार