Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेँसीसहरको पहिलो निर्णय: अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क


    बिहिबार, जेष्ठ १९ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेकाे नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

    नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूकाे उपचार पहुच सहज बनाउने उद्देश्यले  स्वास्थ्य बिमा नि:शुल्क गर्ने निर्णय गरेको हो ।

    बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई नि:शुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने र आवास क्षेत्रका नांङ्गाे तारलाई प्लास्टिक कोटेड गराउने निर्णय गरेको छ ।

    कार्यपालिकाको पहिलो बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, सतप्रतिशत घरधुरीमा खानेपानी धारा पुर्‍याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने र हरेक बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने लगायतका निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार