Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तारा एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिँदै


    बिहिबार, जेष्ठ १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव आज मृतकका परिवारलाई हस्तान्तरण गरिने भएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका  २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएपछि आफन्तलाई शव हस्तान्तरण गर्न लागिएको हो  ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो ।  दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौं ल्याइएको थियो ।

    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार