काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्ने क्रममा ३ घन्टासम्म सत्ता गठबन्धनका नेताहरुमाथि गालीगलौज गर्नमा बढी खर्च गरे । ओलीले त्यसक्रममा राष्ट्रियताको बिषयमा बोल्ने क्रममा कालापानी र लिपुलेकको भूमिका बारेमा कुरा उठाएका थिए ।
ओलीले आफू प्रधानमन्त्री हुँदा कालापानी र लिपुलेकसहितको नक्सा समेटिएको पुस्तक बितरण नै रोकेको आरोप शनिबार प्रतिनिधिसभामा बोल्ने क्रममा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगाएका छन् ।
ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री रहेका पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको रहस्य खोलिदिएका छन् । ओलीले जतिसुकै राष्ट्रवादी देखाउन खोजे पनि पोखरेलले कालापानीको नक्सा उनले नै रोकेको रहस्य खोलेर उनको पोल खोलिदिएका छन् । ‘रअ’ का प्रमुख सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा भेटेपछि नै ओलीको नक्कली राष्ट्रवाद छताछुल्ल भएको थियो ।
चुच्चे नक्सा छापिएको पुस्तक बितरण ओलीकै दबाबमा रोकिएको थियो । तर उनी अहिले लिपुलेक र कालापानीको कुरा राजनीतिक दाउपेचका लागि मात्र उठाएका हुन् भन्ने कुरा उनले पुस्तक बितरण रोकेर गरेका थिए ।
त्यतिमात्र होइन, ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रफल सार्वजनिक गर्नसमेत रोकेका थिए । तत्कालीन भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याललाई नापी विभागका महानिर्देशक प्रकाश जोशीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभागको क्षेत्रफल समेटेर २०७७ असोजमा प्रतिवेदन दिएको थियो । तर तत्कालीन मन्त्री अर्याललाई उक्त क्षेत्रफलको प्रस्ताव मन्त्रिपरिषदमा पेश नै गर्न नदिई भूमिब्यवस्था मन्त्रालयकै दराजमा राख्न लगाउने पनि ओली नै थिए । तिनै ओलीले अहिले कालापानी, लिपुलेकको कुरा उठाएपछि पूर्वशिक्षा मन्त्री पोखरेलले उनको वास्तविकता प्रतिनिधिसभामा राखेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन्। ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर...
काठमाडौं । नोपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)सँग शिष्टाचार भेट गर्दै छन् । भेटघाटको काम सकेर उनी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend