Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न प्रचण्डको आग्रह


    शनिबार, जेष्ठ १४ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुखद भनी टिप्पणी गरेका छन् ।

    शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताए ।

    सर्वोच्चको फैसला आकस्मिक रुपमा आएको भन्दै उनले जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको र सोही आधारमा फैसला भएको टिप्पणी गरे ।
    ‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत गर्यौं, अर्बौ खर्च पनि भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्न हुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि लाग्यो ।’

    उनले पर्यावरण अध्ययन गर्ने टिमलाई अध्ययन गर्न लगाएर फैसला पुनरावलोकनतिर जानुपर्ने बताए । ‘मेरो सुझाव के छ भने पर्यावरण अध्ययन गर्ने टिम बनाएर पर्यावरणको अध्ययन गरीकन यसलाई पुनरावलोकन गर्ने सम्भावनातिर अदालतको ध्यान जाओस्’ प्रचण्डले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार