Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन


    बिहिबार, जेष्ठ १२ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् ।

    जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् । 

    प्रदेश सरकारले सातवटा जिल्लामा राजनीतिक आस्थाका आधारमा आफू निकटलाई अध्यक्षमा नियुक्त गरेको छ । बाँकी जिल्लामा सत्तारुढ गठबन्धनका सिफारिसको आधारमा नियुक्त गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार