Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत


    बिहिबार, जेष्ठ १२ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिवल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । 

    बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गर्‍यो । 

    सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्‍यो । 

    स्पाइकर उषाले पहिलो पटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् । 

    कामना सम्मिलित पुलिस क्लबले आज क्लब इग्लेसको सामना गर्दैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार