काठमाडौं । प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’मा राखिएको छ ।
समय अभावका कारण सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिए पनि अन्ततः हेर्न नभ्याइनेमा राखिएको हो ।
। रिट निवेदक बलदेव चौधरी हुन् । उनी त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुखसमेत हुन् ।
निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् ।
‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर ३० वैशाखमा मतदान स्थगित गरिएको थियो ।
मतदानको समय भए पनि स्थगित गरिएको र फेरि मतदानको माग चौधरीले गरेका हुन् ।
चौधरीले भनेका छन्, ‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ । तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’
फेरि मतदानको माग गर्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् र रिटमा कारण देखाउ आदेश जारी भइसकेको छ ।
यद्यपि, अहिले मतगणना जारी छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend