काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सरकार र सत्तारुढ दलले नेपालको परराष्ट्र नीतिविपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनीहरूले हालै भएको तिब्बत मामिला संयोजक तथा तिब्बत मामिला अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा सरकारले संलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेको आरोप लगाएका हुन् ।
नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने अमेरिकी उपसहायक विदेशमन्त्रीलाई जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने र गुम्बामा लैजाने कार्य गरेको उनीहरूको आरोप छ ।
एमाले अध्यक्ष केपी ओली, नेताहरू भीम रावल, खगराज अधिकारी, प्रदीप ज्ञवालीले सरकार र सत्तारुढ दलले देशको परराष्ट्र नीतिविपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्न्त्री देउवा, गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेका हुन् ?’, रावलले भने । यसबारे सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend