सुनसरी । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन् ।
गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेका आशनायरण चौधरी र उपाध्यक्षमा अनिताकुमारी चौधरी निर्वाचित भइन् ।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितको छ । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन् ।
जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ । मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भए ।
रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेका छ । मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएका छन् ।
कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदारको गृह नगर दुहवीमा पनि कांग्रेसले जितेको छ । बहालवाल मेयर वेदनारायण गच्छदार मेयरमा विजयी भएका हुन् । उपमेयरमा फराकिलो मतान्तर सहित कांग्रेसकै मेनुका पोख्रेल विजयी भएकी छिन् ।
बाँकी ६ पालिकामा मतगणना जारी छ । कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस अगाडि छ । बर्जू गाउँपालिकामा भने एमाले अगाडि छ । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।
उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले पछाइरहेका छन् । २०७४ साल सम्म धरानलाई लाल किल्ला बनाएको एमाले भने तेस्रो स्थानमा रहेको छ । मत परिणाम आउन बाँकी रहेका पालिकाको केही दिन भित्रमै नतिजा निकाल्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend