बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।
पाटनमा कांग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् ।
त्यस्तै, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए ।
अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् ।
उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७७९ मत ल्याएका छन्
यस्तै वडा न. ७मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न. ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् ।
वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भैसकेका थिए ।
डिलाशैनीको वडा न.१ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेकाछन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend