Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • गठबन्धनले जाजरकोटमा टुंग्यायो भागबन्डा


    आइतबार, बैशाख ११ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सत्तारुढ गठबन्धनले जाजरकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि भागबन्डा टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । 

    उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सुरु भएसँगै गठबन्धनले चुनावी समीकरण सार्वजानिक गर्दै भागबन्डा टुंग्याएको हो । जसअनुसार छेडागाड नगरपालिकामा नगरप्रमुख नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । 

    नलगाड नगरपालिका प्रमुखमा माओवादी र उप्रमुखमा कांग्रेस, भेरी नगरपालिकोको नगरप्रमुखमा एकीकृत समाजवादी र  उपप्रमुखमा कांग्रेस, शिवालय गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस, बारेकोट गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादीलाई दिने गठबन्धनले निर्णय गरेको छ । 

    कुशे गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी, जुनिचाँदे गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ले बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार