सिन्धुली । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने आधारभूमि तयार गर्ने नेकपा समाजवादीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उपेक्षा गर्न थालेका छन् । स्थानीय तह निर्वाचनमा देशब्यापी गठबन्धन गर्ने सत्तारुढ ५ दलको नीति छ । तर सुदुरपश्चिम प्रदेशदेखि विभिन्न जिल्लामा नेकपा समाजवादीलाई नसमेटी कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् ।
यसैक्रममा सिन्धुलीमा पनि नेकपा समाजवादीलाई एउटा पनि स्थानीय तहमा प्रमुख नदिई नेकपा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गर्नेगरी भागबण्डा गरेका छन् । सिन्धुलीका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेस ५ र नेकपा (माओवादी केन्द्र) ले ४ पालिका लिनेगरी तालमेल गरेका छन् । कांग्रेसले कमलमाई नगरपालिकासहित गोलन्जोर, फिकल, तीनपाटन, घ्याङलेक गाउँपालिका पाएको छ । माओवादीले दुधौली नगरपालिकासहिहत मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका पाएको छ । जसले पालिका प्रमुख पाएको छ, उपप्रमुख अर्को दलको हुने भएका छन् ।
दुई दलले भागबण्डा गरेपछि पाँच दलीय गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । दुई दलले मात्र भागबण्डा गरेपछि गठबन्धनमा रहेका अन्य तीन दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कांग्रेस र माओवादीलाई सीट बाँडफाँडको निर्णय सच्याउन माग गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादी पार्र्टी (जसपा) का अध्यक्ष सुरदबहादुर स्याङ्तान र राष्ट्रिय जनमोर्चाका सचिव हिरा श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दुई दलीय निर्णय सच्याउन माग गरिएको छ ।
नेकपा समाजवादीलाई एउटा पनि पालिकाको मेयर दिइएको छैन । दुधौली नगरपालिकामा नेकपा समाजवादीको प्रभाव छ । तर माओवादीका सिन्धुलीका अध्यक्ष राजन दाहाल(लेखनाथ)लाई पीए दिनेश अधिकारी दनुवारलाई मेयर बनाउनुपर्ने भएकाले उनले समाजवादीलाई गठबन्धनबाटै आउट गर्ने खेल रचेका छन् । नेकपा समाजवादीलाई उपमेयरसम्म दिन माओवादी र कांग्रेस तयार देखिएका छैनन् ।
दुधौली नगरपालिकाका तीन वटा ९, १२ र ३ नम्बर वडामा नेकपा समाजवादीको जित्ने मत छ । अरु गाउँपालिका र नगरपालिकामा पनि नेकपा समाजवादीको संगठन छ । सत्ता गठबनन्धनको तेसूो दललाई उपेक्षा गर्दा सिन्धुलीमा गठबन्धनलाई धक्का पुग्ने भएको छ । दुधौलीको ९ नम्बर वडामा त समाजवादीका बिमलकुमार राउतले वडाध्यक्षमा आफू उम्मेदवार हुने र जित्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend