Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेलम्ची सुरुङ परीक्षणका क्रममा बेपत्तामध्ये एक जनाको शव फेला


    बुधबार, असार ३१ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गत मंगलबार बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।

    परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी उज्जवल महर्जनका अनुसार तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको हो।

    ‘जनकपुरका ३६ वर्षीय इन्जिनियर सतिश गोइत बाहुने पाटीको छेउतिर साढे ३ बजेतिर फेला परेका हुन्,’एसपी महर्जनले भने।

    अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार