Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा बीबीसीका पत्रकारबिरुद्ध उजुरी


    मंगलबार, असार ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • जनकपुरधाम । राजर्षि जनक पतञ्जली योग साधना केन्द्रका अध्यक्ष वीरेन्द्रकुमार यादवले बीबीसीका जनकपुरधाम संवाददाता बिरुद्ध उजुरी दिएका छन् । योग साधना केन्द्रमा तोडफोड गरेको भन्दै अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

    योग साधना केन्द्रका साधक साधिकाहरुसहित पुगेका अध्यक्ष यादवले आइतबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निवेदन पत्र बुझाई उजुरी दिएका छन् ।
    यसअघि आइतबार नै राजर्षि जनक पतञ्जली योग साधना केन्द्रले एक पत्रकार सम्मेलन गरी पत्रकारिता जस्तो सम्मानित पेशामा लागे पनि बीबीसीका जनकपुर संवाददाताले आफ्नो जग्गाको बाटो बनाउनका लागि सार्वजनिक सम्पत्तिमा गरेको तोडफोडप्रति आपत्ति जनाएको छ । केन्द्रका संरक्षक एवं प्रदेश दुईको प्रदेशसभा सदस्य कौशल यादवले पत्रकार बृजकुमार यादवले आफ्नो विवादित जग्गाको बाटो बनाउनका लागि गुण्डाशैलीमा सार्वजनिक सम्पति तोडफोड गरेको आरोप लगाए । उनले पत्रकारिताको दम्भ देखाउँदै बल प्रयोग गरी पत्रकार यादवले गरेको क्षतिको क्षतिपूर्तिका साथै कानूनी कारबाहीको माग गरे ।

    patanjai.jpg

    किन उजुरी पर्यो पत्रकार यादवबिरुद्ध उजुरी ?

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८मा गुठीको नाउँमा रहेको ७ कठ्ठा जग्गामा संचालित एक योग शिविरको सेडको पर्खाल गत असार २५ गते एक समूहले भत्कायो । त्यसको भोलिपल्ट असार २६ गते कपालमोचनी सर पोखरीको उत्तरतर्फको डीलमा योग साधना केन्द्रकै बगलमा रहेको एक घरलाई समेत भत्काएका थिए । यसका साथै केन्द्रको जिन्सी सामान, जेनरेटर, पूजा अर्चनाका लागि आवश्यक सामग्रीहरु, साउण्ड सिस्टम लगायतका सामग्रीहरु लुटेर लगेको केन्द्रका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।

    जनकपुर टुडे पत्रिकाका सम्पादक एवं बीबीसीका जनकपुर संवाददाता बृजकुमार यादवले हालै खरिद गरेको निजी जग्गाको बाटोको लागि त्यहाँ तोडफोड गरेको योग शिविर जनकपुरधामका नगर अध्यक्ष विमल पण्डितले आरोप लगाए ।

    बाटो नै नभएको जग्गा सस्तो भाउ खरिद गरी घर निर्माणको नाममा बलजफ्ती कसैसँग सरसल्लाह नै नगरी पत्रकार यादवले योग शिविर नै अतिक्रमण गर्न खोजेको आरोप प्रदेशसभा सदस्य कौशल यादवले आरोप लगाए । उनले यो तोडफोडबाट योग साधना केन्द्रको १० लाख बराबरको क्षति भएको भन्दै क्षतिपूर्तिका साथै कारबाही भएमात्रै योगका साधक साधिकाहरुले न्यायको अनूभुति गर्ने बताए ।

    उनले गुठी संस्थाको काठमाडौँस्थित केन्द्रीय कार्यालय र जनकपुरधामस्थित कार्यालयसँग अनुमति लिई योग शिविर निर्माण गरेको र वार्षिक रुपमा सो जग्गा वापतको कर समेत भुक्तानी गर्दै आएको दावी गरे । उनले भने पत्रकारिताको आडमा जे पनि गर्न पाइन्छ र ? यो त गुण्डागर्दी हो, हामीसँग सरसल्लाह वा कुनै किसिमको जानकारी नै नगराई योग शिविरको मूलढोका नै तोडी टहरा भत्काउन खोजिएको छ ।

    योग साधना केन्द्रले कपालमोचनी सर पोखरीको डिलमा रहेको गुठीको जग्गा उपभोगका लागि सिट नम्बर १३५५–१६ कित्ता नम्बर ५८को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर जग्गाका लागि २०७३ साल मंसिर ८ गते चलन पूर्जी प्राप्त गरेको थियो । बाँकी रहेको जग्गा पोखरीको डिलमा सडकका लागि १५ फिटको जग्गा छोडिएको छ ।
    यता पत्रकार बृजकुमार यादवले आफूहरुले योग शिविर तोडफोड नगरेको दावी गरे । उनले आफूले करिब अढाई वर्षपूर्व नै जग्गा खरिद गरेको र सो जग्गाको दुवै तर्फको बाटो रहेको भन्दै उनले भने– टुडे गु्रपको कार्यालयको लागि सो जग्गा खरिदेको र सो जग्गाको दुईतर्फ बाटो छ । पूर्वतर्फ र पश्चिमतर्फ पनि बाटो छ । त्यसैले आफूले नतोडेको र कसले के गर्यो, त्यो पनि आफुलाई थाहा नरहेको बताए ।

    तोडफोडका कारण एक गरिब घरवारविहीन

    पापमोचनी सरको उत्तरतर्फको डिलमा दर्जनौ गरिब परिवार त्यहाँ वसोवास गर्दै आई रहेका थिए । बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष रामकुमार शर्माले गुठी जग्गा अतिक्रमण मुक्त अभियान चलाए । सोही क्रममा पापमोचनी सर पोखरीको डिलबाट १५ फिट जग्गा खाली गराउने क्रममा सबै घरपरिवारलाई हटाउन लगाए । सबै घर खाली भए पनि त्यहाँ एक गरिब दम्पति हालसम्म बसोवास गर्दै आइरहेका थिए ।

    १७ वर्षदेखि पोखरीको डिलमा रहँदै आएकी राधा शर्माले पत्रकार यादवको यो गुण्डाशैलीका कारण आफू घरवारविहीन भएको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन् ‘म जानकी मन्दिरलाई डेढ क्वीन्टल धान मनखब बुझाएर बस्दै आएको थिएँ, उनले रुँदै अगाडि भनिन् ‘ मेरो श्रीमान क्यान्सर पीडित छन, अब घरवारविहीन भइसकेँ उनलाई लिएर कहाँ कहाँ भौंतारिने ?’ तोडफोडपछि उनको घरमा रहेका लत्ताकपडा, दराज, भाँडावर्तन लगायतका सामानहरु गायब छन् । शर्माले भनिन्, यदि तोडफोड गर्नेलाई लाग्छ, त्यो मेरो जमिन हो भने नक्सा प्रमाण लिएर आऊन्, हामी त्यो जग्गा छोड्न तयार रहेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार