Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वीकृति बिना काेराेना परीक्षण गर्ने माथि छानबिन हुँदै


    मंगलबार, असार ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काेराेना परीक्षण गर्ने स्वीकृति नभएका निजी अस्पतालहरुले शुल्क लिएकाे विषय छानबिन हुने भएकाे छ । 

    कोरोना परीक्षणका लागि स्वीकृति नै नपाएका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजमाथि छानबिन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा. शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।

    सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइ मनपरी शुल्क उठाएको पाइएपछि छानबिन गर्न लागेकाे हाे ।

    समितिले दुई दिनभित्र प्रतिवेदन बुझाइसक्नु पर्नेछ । 

    उपत्यकाका वीर, पाटन र शिक्षण अस्पतालले मात्शुर ल्क लिएर परीक्षण गर्न अनुमति पाएको छ। आइतबार भने स्टार अस्पताल र काठमाण्डु मेडिकल कलेजले आफैँ स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार