Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरो खस्दा कार र ट्रक च्यापिए, पूर्वपश्चिम राजमार्गमा अवराेध


    मंगलबार, असार ३० २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । बर्दघाट-सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

    मन्दिर नजिकैको घिउखोलामा मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ। पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएको प्रहरीले जनाएको छ।

    पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

    सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ। (रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार