Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अश्लिल वेबसाइट सञ्चालक युवा गाेंगबुबाट पक्राउ


    सोमबार, असार २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमै बसेर अश्लिल साइट चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेकाे छ । नेपालमा अहिले अश्लिल वेबसाइट हेर्न समेत प्रतिबन्ध लागेकाेमा ती युवाले विदेशबाट हाेस्टिङ गर्दै वेबसाइट चलाएका हुन् ।

    यसरी पक्राउ पर्नेमा गाेंगबुका २३ वर्षिय युवक सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीकाे साइबर ब्यूराेले उनलाई पक्राउ गरेकाे हाे । 

    सुरजले एक नेपाली युवतीकाे भिडियाे साे साइटमार्फत् प्रशारण गरेकाे प्रहरीले जनाएकाे छ । ती युवतीकाे उजुरीकाे आधारमा प्रहरीले सुरजकाे कर्तुतबारे जानकारी पाएकाे थियाे । 

     साे वेबसाइट अहिले बन्द गराइ पक्राउ परेका सुरजमाथि विद्युतीय कारोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको ब्यूराेले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार