जुम्ला । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द कार्कीले निर्यात प्रवर्द्धनका लागि तीनै तहका सरकारले उत्पादनमुखी नीति र बजेट निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।
डब्लुटिओको सदस्य भएको १८ वर्षसम्म पनि नेपालको निर्यात तथा अन्तर्राष्ट्रिय बजारीकरण सन्तोषजनक नभएकोले उत्पादनवृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ ।
जुम्लामा उत्पादन हुने स्याउ, सिमी, ओखर, मार्सी चामलको उत्पादकत्व बढाउनका लागि पनि उनले पर्याप्त बजेट आवश्यक रहेको बताए । त्यसका लागि सरकारले कृषि, उद्योग, व्यापार व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपाली उत्पादनले अहिले नै अन्तर्राष्ट्रिय बजारको माग धान्ने स्थिति छैन । उत्पादनवृद्धिमा साँच्चै सरकारी लगानी न्यून छ । निर्यातको झन्झटिलो नीति संशोधनको बहस भइरहेको छ । जुम्लाका उद्योगी व्यवसायीका सुझाव कार्यान्वयनमा पहल गर्ने छु ।’
अन्तर्राष्ट्रिय निर्यात मात्र नभई अन्तर प्रदेश र अन्तर जिल्लाको निर्यात प्रवर्द्धनको नीति निर्माणमा पनि जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीको भनाई छ । कर्णालीको जडीबुटी प्रशोधन तथा स्याउ, सिमी, ओखर मार्सीको उत्पादन बढाई निर्यातमा जोड दिन कर्णाली सरकारले विशेष लगानी गर्नुपर्नेमा उल्लेख गरे ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् । उत्पादन र बजारीकरणको समस्या समाधानमा निजी क्षेत्र तथा सरकारबीच समन्वय हुन जरुरी रहेको उनको भनाई छ ।
कृषि विकास कार्यालयका प्रमुख गणेश रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोले अनुदानमुखी किसान र उद्योगीलाई निरुत्साहित नगरी उत्पादन वृद्धि नहुने भएकोले अनुगमन निरीक्षण तथा नियमनमा कडाइ गर्न सुझाव दिएका छन् ।
कृषि मैत्री नीति र लगानीको अभावले कर्णालीको ८२ हजार हेक्टर जमिन बाँझो छ । त्यस्तै क्षेत्रीय होटेल संघका अध्यक्ष दिलबहादुर महतले विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न नसक्नु सरकारकै कमजोरी रहेको बताए । उनले माग बढ्दै गए पनि उत्पादन घट्दै गएको जुम्ली स्याउ, सिमी, ओखर मार्सी चामलको उत्पादन वृद्धिमा सरकारको लगानी आवश्यक छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend