Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सरकारलाई निगमको प्रस्ताव: इन्धनकाे मूल्य वृद्धि राेक्न आइतबार पनि सार्वजनिक बिदा गरौं


    मंगलबार, चैत्र १५ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इन्धनकाे चरम मूल्य वृद्धि भएकाे भन्दै सरकारलाई नेपाल आयल निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्न सुझाव दिएकाे छ । 

    निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै इन्धन मूल्य वृद्धिको मारबाट जाेगिन आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव समेत गरेको छ ।

    अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    ‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो’ उपाध्यायले भने ।

    मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

    277111251_360963902583547_4578534744934031967_n.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार