Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गर्भवती महिलालाई हेलिकप्टरमार्फत् उद्धार


    सोमबार, असार २९ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । एक गर्भवती महिलालाई अछामबाट हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया रमना विकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो।

    उनलाई आइतबार प्रसूति गराउन गाउँपालिकाको विनायक स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल मंगलसेनमा लगिएको थियो।

    त्यहाँ उनलाई छिनमा होस, छिनमै बेहोस हुने स्वास्थ्य समस्या आएकोले सुत्केरी गराउन नसकिएकाले उपचारका लागि हेलिकप्टरमार्फत् सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए।

    केन्द्र सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत खर्च व्यर्होने गरी उनलाई उपचारका लागि सुर्खेत लगिएको हो।

    सुर्खेत लगेपछि उनको स्वास्थ्यमा सुधार आएको प्रमुख जिल्ला अधिकारी पौडेले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार