Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एकैदिन १,७०५ जना डिस्चार्ज, थपिए १४४ संक्रमित


    सोमबार, असार २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर १ सय ४४ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकार् ५ हजार ८ सय ५६ पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ। काठमाडौैं उपत्याकामा भने ९ जना संक्रमित पाइएकाे छ ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ७ सय ५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १० हजार २ सय ९४ पुगेकाे छ ।

    हाल ६ हजार ६ सय १३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन्।  

    साेमबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार