Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • आगामी चुनावमा नतिजा आफ्नो पक्षमा आउने गरि गठबन्धन गरौं : गृहमन्त्री खाँण


    सोमबार, चैत्र १४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकार बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले आगामी चुनावमा सहमति आवश्यक रहेको बताएका छन् ।  सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले पहिले नै चुनावी गठबन्धन गर्ने सहमति भएकाले अहिले झगडा गर्न आवश्यक नरहेको बताएका हुन् ।

    शक्ति केन्द्रहरूले कम्युनिष्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् । चुनावको नतिजा आफ्नो पक्षमा आउने गरी तयारी गर्नुपर्ने पनि खाँणको भनाइ छ । बैठकमा गृहमन्त्री खाँणले भने, ‘शक्ति केन्द्रहरुले कम्युनिष्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।’

    सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘यो सत्ता गठबन्धन हुनेबेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो। त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं ।’

    कांग्रेसमा स्थानीय तहको चुनावमा गठबन्धन गर्नेरनगर्ने विषयमा मतभेद देखिएको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा जित हासिल गर्न कठिन हुने बताउँदै आएका छन् ।

    नेता रामचन्द्र पौडेलले पनि एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन नहुने भन्दै उनले गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । नेता कोइरालाले भने गठबन्धन आवश्यक भए तल्ला कमिटीलाई नै निणर्यको अधिकार दिइनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार