Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउदीबाट ३ सय नेपाली फर्कदैं, आउन चाहनेकाे संख्या २ हजार


    सोमबार, असार २९ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साउदी अरबबाट नेपाल फर्कने चाहने ३ सय ८ जनाले बहिगर्मन भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासले बहिर्गमन भिसा पाउने नेपालीको नामावली सार्वजनिक गरेको छ।

    साउदीमा कार्यरत रहँदा अनुमतिपत्र (अकामा) नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई बहिर्गमन भिसा आवश्यक पर्छ । दूतावासले त्यस्ता नेपालीलाई बहिर्गमन भिसा सहज र सरल रुपमा प्रदान गर्नको लागि साउदी सरकारलाई लामो समयदेखि आग्रह गर्दै आएकाे थियाे ।

    साउदी सरकारले अरुलाई पनि बहिर्गमन भिसा दिने प्रक्रिया सुरु गरिसकेकाे बताइएकाे छ । साउदीबाट नेपाल फर्कने चाहनेकाे संख्या २ हजार भन्दा बढी रहेकाे दूतावासले जनाएकाे छ । बहिर्गमन भिसाको लागि ४ महिनादेखि निवेदन दिएका मध्ये दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलब्ध गराएको थियो भने कोरोना भाइरसका कारण प्रक्रियामा ढिलाइसमेत भएको थियो।

    कोरोनाको महामारीसँगै बहिर्गमन भिसा प्राप्त गरेका मध्ये १ सय ५० भन्दा बढी चार्टर उडानबाट स्वदेश फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार