चितवन । नारायणी नदीमा पानीको मात्रा बढेसँगै चितवन र लवलपरासी क्षेत्र आसपासमा क्षेत्रमा खतर बढेकाे छ । ती क्षेत्रमा उच्च शतर्कता अपनाउन आग्रह गरिएको छ ।
नारायणी नदी देवघाट बाढीमापन केन्द्र जलसतहले सतर्कता तह पार गरेकाले खतराको तह नजिक पुगेको जनाएकाे छ । चितवन र नवलपरासीको नारायणी तटिय क्षेत्रमा रहने बासिन्दालाई बेलुकासम्म उच्च शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको हो ।
त्यस्तै विभागले नेपालको तराई भूभागमा न्यून चापीय रेखा केही समयसम्म सक्रिय रहने हुँदा आज पनि भारी वर्षाको सम्भावना रहको जनाएको छ । त्यसबाहेक केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढी पानी पर्याे भने ‘भारी वर्षा’ भनिन्छ । तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन भारी वर्षा हुनेछ ।
महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार बुधबारसम्म वर्षाको सम्भावना छ। मंगलबार केही कम वर्षा हुने र बुधवार भारी वर्षा हुने उनले बताइन् । प्रायः राति २ देखि बिहान ४ बजेबीच भारी वर्षा हुने गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा भूःक्षय र तराईमा डुबानको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार भारी वर्षामा पहिरो र बाढीको बढी जोखिम हुन्छ ।