काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् ।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दू राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए । पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उनले पार्टीले सुशासन कायम गराउनका लागि पहल गर्ने बताए ।
निर्मल निवासको असहयोगका कारण नै राप्रपा नेपाल स्थापना भएको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालको उज्ज्वल भविष्य रहेको दाबी गरे । उनले देश र पार्टीको प्रतिकूल अवस्थामा राप्रपा नेपालको स्थापना भए पनि पार्टीभित्र केही गलत व्यक्ति प्रवेश गराउँदा समस्या आएको बताए ।
राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यले राप्रपा नेपालले ३० दिनमा ७७ जिल्लामै सङ्गठन, ३२ दिनमै छ वटा भ्रातृ सङ्गठन विस्तार गरेको चर्चा गर्दै पार्टी अध्यक्ष थापाको नेतृत्वले सार्थकता पाउने दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरगोविन्द श्रेष्ठ, केन्द्रीय सदस्य रामसुन्दर विष्ट, राप्रपा नेपाल भक्तपुरका अध्यक्ष माधव खत्री, उपाध्यक्ष श्याम नेपाललगायतले राप्रपा नेपालप्रति जना आकर्षण बढिरहेको दाबी गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend