Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दलविषेशलाई फाइदा हुने गरि चुनाव चिह्नको रङ बदल्ने कुरा सामान्य हुँदै होइन : ओली


    आइतबार, चैत्र १३ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा चुनाव चिह्नको रङ बदल्ने विषय सामान्य नभएको बताएका छन् ।

    आइतबार बसेको स्थायी कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचन चिह्नको रंग बदल्ने जस्तो महत्वपूर्ण विषयमा आयोगले दलहरुसँग परामर्श नगरेको बताए । ‘निर्वाचन आयोगले विभिन्न विषयमा समय–समयमा दलहरुसँग परामर्श गर्ने गरेको छ । तर, यति महत्त्वपूर्ण विषयमा परामर्श गर्नु नपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने कुरा सही होइन’ उनले भने ।  

    उनले मतपत्रमा रंग बदल्ने कुरा एउटा दल विशेषलाई, सत्ता गठबन्धनको दललाई फाइदा पुग्ने गरी गरिएको आरोप लगाए । निर्वाचनमा पहिले प्रचलित रङ परिवर्तनका लागि दलहरुको सहमति अनिवार्य हुने ओलीले भने ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार