Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङ क्रिकेट लिग : घोराही र पुरन्धारा विजयी


    शनिबार, चैत्र १२ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ। दाङ क्रिकेट लिग सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा जिल्लामा पाँच व्यावसायिक समूहको सहभागितामा प्रतियोगिता सुरु भएको हो ।
     
    सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग २०७८ को पहिलो संक्ररणको पहिलो दिनका खेलमा घोराही टाइगर्स र पुरन्धारा रोयल्सले विजयी भएका छन् । 
    शनिबार भएको पहिलो खेलमा देउखुरी वारीयर्सलाई ३ विकेटले  हराउँदै घोराही टाइगर्स विजयी भएको हो । देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । 

    १४० रनको विजयी लक्ष्य लिएर मैदानमा छिरेको घोराही टाईगर्सले १९.५ बलमा सात विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । 

    सगरमाथा सिमेन्ट  दाङ क्रिकेट लिगको पहिलो दिनको दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले दंगाली लायनमाथि १५ रनको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको पुरन्धाराले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन जोडेको थियो । 

    ११५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको दंगालीले मात्रै ९९ रनमा सीमित हुँदा पुरन्धाले सहज जीत निकालेको हो । 

    दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् । 

    प्रतियोगिता १७ गतेसम्म चल्ने छ । लिगमा पाँच वटा व्यावसायिक टिमले प्रतिस्पर्धा गर्दैछन् ।

    नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासमा घोराही उपमहानगरपालिकाले सके जति लगानी र प्रवर्द्धन गरेको बताए । सबै खेल क्षेत्रको विकास गर्न नगर प्रतिबद्ध रहेको उनको भनाई थियो । खेल क्षेत्रले देशको शिर उच्चो बनाउन सफल भएकोभन्दै अब खेलाडीलाई व्यवसायीक बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

    क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यसरहको थियो । कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गरेका थिए ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार