झापा । १३ वर्षीया छात्रालाई यौनजन्य दुव्र्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिका–१ मा रहेको चिल्ड्रेन गार्डेन एकेडेमीमा कार्यरत एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद शिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिएका छन् । शिवाकोटीले विद्यालय परिसरभित्रै यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेपछि उनलाई घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी पाठकले बताए ।
पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी पाठकले जानकारी दिए ।