Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगन्जमा महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ


    शनिबार, चैत्र १२ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा। वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका थिए । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार