Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँको आदेश


    बिहिबार, चैत्र १० २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।

    बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । 

    एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

    शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।

    पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । पल विरुद्ध फागुन ११ गते नाबालिका गायीकाले तनहुँ प्रहरीमा उजुरी गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार