पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिन मतदान हुने भएको छ । सर्वसम्मतमा कमिटी चयन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि मतदान हुन लागेको हो । तीन महिनाअघि अध्यक्ष मात्रै चयन गरेर स्थगित भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार सुरु भएको हो ।
कमिटीको उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि नवलपुरबाट मित्रशरण शर्मा, पर्वतका गुणखर बस्याल, गोरखाका लोकप्रसाद बन्जारा, बागलुङका ज्ञानमान गैह्रे, कास्कीका गंगा पोखरेल र केशव पौडेल तथा तनहुँकी गीता शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, एक जना सचिवका लागि दुई जनाको मनोनयन छ । गोरखाका जगन्नाथ खनाल र विष्णु भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।
तीन सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिए भने कोषाध्यक्षमा तीन जनाको दावेदारी परेको छ । सहसचिवमा कास्कीका जीवन खाती, राजकुमार दुलाल, लमजुङका मेखबहादुर भण्डारी, स्याङजाका कल्पना अर्याल, तनहुँका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विकले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा कास्कीका मेखबहादुर विक र भीमबहादुर विक तथा स्याङजाका तारा भुसालको उम्मेदवारी परेको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend