Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


    बुधबार, चैत्र ९ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    उच्च अदालत पाटनले २०७७ फागुन ९ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर गरेको थियो । 

    त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले  काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । 

    महालक्ष्मी बिकास बैंकको खातामा पर्याप्त रकम नभएको भन्ने जानी/जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनलाई उक्त सजाय सुनाएको थियो । 

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार