Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले राजनीतिक प्रतिवेदनबाटै स्वीकार्यो एमसीसी (११ बुँदेसहित)


    बुधबार, चैत्र ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेककपा एमालेको केन्द्रीय समितिको बैठकले एमसीसीलाई स्वीकार गरेको छ ।

    बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेकाे एमालेको केन्द्रीय समितिको बैठकले एमसीसीलाई स्वीकार गरेको हाे ।

    अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसीलाई स्वीकार्ने उल्लेख गरिएको छ । 

    अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ’, ओलीले प्रतिवेदनमा भनेका छन्, ‘पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’

    प्रतिवेदनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न व्यापक मात्रामा वैदेशिक सहयोग जरुरी रहेको भन्दै एमसीसीलाई स्वीकार गरिएकाे उल्लेख छ । यद्यपि राष्ट्रिय हित विपरीतको सम्झौता भने स्वीकार्य नहुने बताइएकाे छ ।

    ओलीले एमसीसीको विषयमा भएको व्याख्यात्मक घोषणाको अर्थ नभएको र त्यसैलाई लिएर भ्रम सिर्जना गर्ने काम भएको पनि उल्लेख गरेका छन् । व्याख्यात्मक घोषणा जनतालाई ढाँट्ने कुरा बाहेक अरु केही नभएको पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

    1.jpg2.jpg3.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार