भैरहवा । नेकपा एमाले रूपन्देही जिल्ला कमिटीका उपसचिव हितराज पन्थीले नेकपा एमालेले देशका लागि खेलेको स्वाभिमान प्रतिको इतिहास नेपालीहरुले सदैब सम्झिरहने बताएका छन् ।
नेकपा एमालेको २२ औं भातृ संगठनकोरुपमा रिटर्नी फेडेरेसन नेपालको प्रथम नगर भेलामा प्रमुख अतिथि पन्थीले लिपुलेख, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि नेपालीको स्वाभिमान उँचो भएको र सारा नेपालीको जनमत एमालेको पक्षमा आएको बताए ।
नेकपा एमालेले सदैव देश जनता र राष्ट्रको पक्षमा सही निर्णय लिएर जनताको मन जितेको छ, अब कोहि पनि नेपाली युवाहरु बिदेशीनु पर्ने बाध्यतालाई हटाउन यो संगठनले महत्वपूर्ण भूमिका खेल्ने पन्थीको तर्क छ ।
रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सल्लाहकार संयोजक दुर्गा भुसालले बिदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नफ फेडेरेसन नेपाल भएको हुँदा सबैलाई संगठनमा जोडीन आग्रह गरे । ज्ञान सीपलाइ प्रयोग गर्ने गरि यो संगठनले काम गर्ने बताउंदै भुसालले देशलाई अंगाडि लैजान क्षमता भएका युवाहरुले भुमिका खेल्नु पर्ने बताए ।
रिटर्नी फेडेरेसन नेपाल रुपन्देहीका अध्यक्ष एक देव सापकोटा बिष्णुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इन्चार्ज चोपलाल आचार्यले नेपालको हरेक आन्दोलनमा प्रबासमा रहंदा नेपालीहरुको महत्वपूर्ण योगदान हुने तर बिदेश गएर फर्कंदा सांगठनिक जिम्मेवारी नहुने कार्यको अन्त्यका लागि रिटर्नि फेडेरेसन नेपालको जन्म भएको बताए ।
संगठनका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सिता बश्यालले परदेश बाट स्वदेश फर्केपछि आफ्नो परिचय दिन डराउने गरेको बताउंदै यो संगठन जन्मनु महत्वपूर्ण कुरा भएको बताइन । नेकपा एमालेका जिल्ला कमिटी सदस्य केशब गौतमले नेकपा एमाले जनताको पार्टी भएको हुनाले सारा जनमत एमालेको पक्षमा रहेको बताए ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीका सचिब नारायण प्रसाद भण्डारीले नेकपा एमालेलाई स्थानिय चुनावमा विजयी बनाएमा नेकपा एमालेले हक र अधिकारका लागि धेरै योजना ल्याएर कार्यान्वयन गर्ने बताए ।
रिटर्नी फेडेरेसन नेपालको प्रथम नगर भेलाबाट गणेश चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्ष बालुराम पाण्डे,सचिबमा ज्ञानेन्द्र पाण्डे,उप सचिव पूर्णमाया कोइराला छेत्री, कोषाध्यक्षमा राजु सिंह, सदस्यहरुमा कल्याण केसी, कुल प्रसाद भण्डारी, देव नारायण धवल, युवराज भट्टराई, महेश मालि, सुनिता छेत्रि, पशुपति मुराउ, पुस्कर आचार्य, सुशील श्रेष्ठ, दुर्गा खड्का, हरि भण्डारी र पदम पन्त निर्विरोध चयन भएको निर्वाचन मण्डल अध्यक्ष गणेश बेल्वासेले बताए ।
नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नं ३ का अध्यक्ष तथा निर्वाचन मन्डलका अध्यक्ष गणेश बेल्बासेले प्रस्तावित नामहरु प्रस्ताव गरेका थिए हलले प्रस्तावित नामलाई अनुमोदन गरेको थियो । केन्द्रिय सदस्य तथा बांके जिल्ला इन्चार्ज सन्देश ढुंगानाको स्वागत मन्तव्य र जिल्ला सचिब जिवन अर्यालको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend