Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्दियाको सामुदायिक वनमा पाटे बाघ मृत फेला


    मंगलबार, चैत्र ८ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। 

    डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो।

    कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ।

    जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।

    बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ। बाघको मृत्युको कारण खुल्न बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार