Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीडित बालिकाको बयान: विवाह गर्छु भन्दै पलले जबरजस्ती करणी गरे


    मंगलबार, चैत्र ८ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ।  बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । यसअघि उनीबिरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो ।

    तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।

    पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक जबरजस्ती करणी गरेको बयानका क्रममा बताएकी छन् ।

    पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।

    ‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा  परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच माया/प्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका हुन् ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार