Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलि प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ जनकपुर आउँदै


    सोमबार, चैत्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुर आउने भएका छन् ।

    चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि जनकपुर आउने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

    मङ्गलवार १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

    मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उनको साथमा आउने नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

    ‘वहाँहरू भोलि आउनुहुन्छ र हामी मधेस प्रदेशमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल पनि गर्छौ,’ अर्का केन्द्रीय सदस्य राजु खडकाले भने ।

    नेताद्वय प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेपछि प्रशिक्षण, भेटघाट कार्यक्रममा सहभागी बन्ने केन्द्रीय सदस्य राजु खडकाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार