भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले कांग्रेस मजबुत रहे मात्रै संविधान रहने उनले दावी गरेका छन् । नेपाल मुस्लिम संघ, रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री रज्जाकले संविधाननै नरहेपछि सबै अधिकार सकिने बताए । ‘संविधानअनुसार अधिकार चाहियो भने नेपाली कांग्रेसलाई जिताउनु पर्छ ।’
उनले मुस्लिम समुदायको अधिकारकाे सुनिश्चित पनि कांग्रेसले मात्रै गर्ने बताए । कांग्रेस नेतृत्वमा बनेको संविधानमार्फत मुस्लिम समुदायको छुट्टै पहिचान कायम भएको जाेड दिदै लोकतन्त्र कमजोर भए कांग्रेस कमजोर हुने र स्वतः मुस्लिम समुदायको हक अधिकार कमजोर हुने बताए ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मुस्लिम समुदायलाई अवसर र सम्मान गर्ने पार्टी कांग्रेस मात्रै भएको दावी पनि गरे । कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले मुस्लिम समुदायलाई कांग्रेसले उच्च मुल्यांकन गरेको बताए ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, उपसभापति थानेश्वर घिमिरे, नेपाल मुस्लिम संघका केन्द्रीय सचिव मोहम्मद सफिक मुसलमानलगायतले एमसीसीबारे रहेको भ्रम चिर्न र कांग्रेसले निर्वाचन जित्दा सम्पूर्ण मुस्लिम समुदायले जित्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend