Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • वीरगञ्जका नेता राजेशमान सिंह जसपामा प्रवेश


    सोमबार, चैत्र ७ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

    वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता सिंह सोमबार वीरगञ्जमा आयोजित कार्यक्रमबाट जसपामा प्रवेश गरेका हुन् ।

    नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

    जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार