काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् ।
काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङकोे टुंगो लगाएको आरोप लगाएका हुन् ।
एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ ।
‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’
एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए ।
आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend