Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यु-१८ महिला साफ: भारत र नेपाल भिड्दै


    सोमबार, चैत्र ७ २०७८
    3.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ । जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । प्रिती राईको कप्तानीमा रहेको नेपाल भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।

    तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न भने नेपाललाई सहज छैन । पहिलो भेटमा नेपाल भारतसँग ७-० अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसंग ४-२ अन्तरले पराजित भएको थियो ।

    तीन राष्ट्र सहभागी डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपकोमा भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट बंगलादेशको तीन अंक रहँदा नेपाल भने विना अंक पुछारमा छ ।

    च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । दुई खेलमा अंकविहीन नेपाल पुछारमा रहेको छ । तालिकाको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार