काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ।
निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेसले उनीहरुलाई छोडेर निकै अघि बढिसकेको छ । भन्नलाई माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धन चिर्वाचनसम्म नै कायम रहने भन्दै आएका छन् । तर व्यवहारमा त्यो देखिदैन ।
माओवादी र एकीकृत समाजवादीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालले देख्न सकेको छैन । एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीका नेता र कुनै समय एउटै पार्टी बनाएर सँगै रहेका माआवोदी नेतालाई एमाले अध्यक्षले हरेक सभा सम्मेलनमा कटाक्ष गर्दै आएका छन् ।
वास्तवमा माओवादी र एकीकृत समाजवादीले न त सत्तारुढ दल कांग्रेसको नै साथ पाउन सकेका छन् न एमालेको विश्वास जित्न नै । एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नु पर्ला भन्ने डरले निर्वाचनमा होमिन हच्किरहेका छन् ।
सबैलाई थाहा छ निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ । यी दुई दल तुलनात्मक रूपमा अरुभन्दा बलिया देखिन्छन् । सत्तामा सहकार्य गरिरहेका कारण बलिया देखिएकामध्ये कांग्रेससँग दुवै दल गठबन्धन गर्न चाहन्छन् । तर, गठबन्धनबारे सहमति भएको छैन ।
र, गठबन्धन चाहनेमध्येका माओवादी त्यो दल हो, जुन २०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको थियो । त्यसयताको दुई निर्वाचनमा भने माओवादी लगातार तेस्रो हैसियतमा सीमित भएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन शान्ति प्रक्रियामा आएपछि माओवादीले सामना गर्ने चौंथो निर्वाचन हो ।
निर्वाचनमा माओवादी विभाजनको पीडासहित जाँदै छ, यसकारण पनि उ थप डराइरहेको छ ।
तर, उत्साहका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान कास्कीको पोखरामा भने, ‘मधेसको ४/५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक÷बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुन्छ भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’
प्रचण्डको कांग्रेससँग गठबन्धन गर्न चाहँदाचाहँदै उक्त पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायत नेताहरूले गठबन्धनविरोधी अभिव्यक्ति दिइरहेका छन् ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हालसम्म गठबन्धन गनुपर्ने पक्षमा छन् । गठबन्धनका दलहरूलाई भड्काउने गरि अभिव्यक्ति नदिन उनले निर्देशनसमेत दिएका छन् । तर, गठबन्धनविरोधी अभिव्यक्ति आउन रोकिएको छैन ।
यस्तो अवस्थामा प्रचण्डले कांग्रेसतर्फ लक्षित गर्दै भन्न थालेका छन्, ‘हामी कसैको वैशाकीमा होइन, हाम्रो आफ्नै बलमा निर्वाचन लड्नुपर्छ । तालमेल होला र निर्वाचन जितौंला होइन, जनतासँग साँठगाँठ गरेर जित्नुपर्छ ।’
प्रचण्ड यसरी गठबन्धन नभए पनि हुने भन्न थालेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधप नेपालले गठबन्धनविरुद्धमा उभिएका कांग्रेसका नेताहरू र एमालेका नेताहरूलाई ‘खिसिट्युरी गर्नेको हरिबिजोग हुन्छ’ भन्ने गरेका छन् ।
उनले एक्लै निर्वाचनमा जाने चाहिँ भनेका छैनन् । पूर्वपार्टी एमालेका अध्यक्ष केपी ओलीको मात्र आलोचन गर्दै आएका छन् ।
वाम राजनीतिक विश्लेषक भीम भूर्तेल माओवादी र एकीकृत समाजवादीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न असहज देख्छन् ।
‘एमसीसीको विपक्षमै रहेको भए एकखालको जनमत निर्माण हुन्थ्यो । त्यसलाई निर्वाचनमा उपयोग गर्न सकिन्थ्यो तर पछि पक्षमा उभिन पुगे’, भुर्तेलले न्युज कारखानासँग भने, ‘अर्कोतिर माओवादीले विभाजनको क्षति बेहार्नुप¥यो र एकीकृत समाजवादीको त संगठन विस्तार सबै ठाउँमा छैन ।’
स्थानीय निर्वाचन आउन भने ५४ दिन बाँकी छ । माओवादी दोस्रो पटक स्थानीय निर्वाचनमा जाँदै छ । नेकपा एकीकृत समाजवादी भने पहिलो पटक निर्वाचनमा जान लागेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend