Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एयरपोर्टको ढोकाबाट एक किलो सुन जस्तो पहेंलो पदार्थ बरामद, एक भारतीय पक्राउ 


    आइतबार, चैत्र ६ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक ३८ वर्षीय सुबम मेहरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुबमको गतिविधि संकास्पद देखिकोमा उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    बरामद उक्त पदार्थसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार